आन्दोलन अर्कै दिशातर्फ मोडिनसक्छ : मन्त्री सिंह

आन्दोलन अर्कै दिशातर्फ मोडिनसक्छ : मन्त्री सिंह

  • मङ्लबार, साउन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, २६ साउन ।

उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले अहिले प्रस्ताव गरिएको प्रदेशको सीमांकन अन्तिम नभएको भन्दै थप छलफलबाट निर्णयमा पुग्न सकिने बताएका छन् ।

मंगलबार राजधानीमा नेपाल स्वतन्त्र युवा संघले गरेको पुरस्कार तथा सम्मान कार्यक्रममा उनले अहिले देखिएका विवादलाई आयोग गठन गरेर मिलाउन सकिने सिंहको भनाई थियो  ।

सीमांकनलाईलिएर भइरहेका आन्दोलन अर्कै दिशातर्फ मोडिनसक्ने भन्दै मन्त्री सिंहले सबैलाई सचेत बन्न आग्रह गरे ।

कार्यक्रममा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देश परिवर्तनका लागि महत्वपूर्ण भूमिका युवा शक्तिले निर्वाह गर्न सक्ने भन्दै त्यसका लागि अघि बढ्न युवाहरुलाई आग्रह समेत गरेका छन्  ।

‘हरेक नेपालीले मुखमा मात्रै होइन, मन र व्यवहारमा नै राष्ट्रप्रति प्रेमभाव देखाउन सके मात्रै देश विकास हुने’ उनको भनाइ थियो ।

कार्यक्रममा मन्त्री श्रेष्ठ र पण्डितले इमेजकर्मी कोमल शेरचनसहित विभिन्न मिडियामा कार्यरत सन्चारकर्मीहरुलाई युवा पत्रकार प्रतिभा पुरस्कार प्रदान गरेका थिए ।

यस्तै, कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापाले उत्कृष्ट युवा पत्रकार सम्मान र युवा प्रतिभा पुरस्कार गायक तिलकबम मल्लले हात परेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी