गोरखा पुनर्निमाणका लागी सवा ७ अर्ब लाग्ने

गोरखा पुनर्निमाणका लागी सवा ७ अर्ब लाग्ने

  • मङ्लबार, साउन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौ, २६ साउन ।

भूकम्पका कारण भत्किएका गोरखा जिल्लाका भौतिक संरचनाको पुनर्निर्माणका लागि ७ अर्ब रुपैयाँ भन्दा बढी मूल्यको काठ आवश्यक पर्ने भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले गरेको प्रारम्भिक अनुमान अनुसार जिल्लाका सरकारी कार्यालय, संघसंस्थाका भवन र व्यक्तिका घर बनाउन १८ लाख क्युफिट काठ आवश्यक पर्ने भएको हो ।
अहिलेको बजार मुल्य अनुसार १ क्युफिट काठको मूल्य झण्डै ४ हजार रुपैयाँ छ । यही मूल्यलाई आधार मान्ने हो भने पुनर्निर्माणका लागि ७ अर्ब २० करोड रुपैयाँको काठ आवश्यक पर्ने दैवी प्रकोप उद्धार समितिका सदस्य एवं जिल्ला वन अधिकृत जीवनाथ पौडेलले बताउनुभयो ।
वैशाख १२ गतेको भूकम्पका कारण गोरखाका ९८ हजार १ शय ४१ घरगोठ, ४ सय ९५ विद्यालयका ३ हजार ५२ कक्षाकोठा र १ शय ३८ सरकारी कार्यालयमा क्षति पुगेको छ । मनसुन सकिनासाथ भत्किएका संरचनाहरुको पुनर्निर्माण सुरु हुने भएकाले काठको माग अत्यधिक बढ्ने पौडेलको भनाई छ ।
‘जिल्लामा उपलब्ध हुनसक्ने काठले एक तिहाई माग मात्रै धान्न सक्ने देखिएको छ’ उहाँले भन्नुभयो ‘त्यसैले वनमा पर्न सक्ने चापलाई ध्यानमा राखेर विशेष गरी सामुदायीक वनलाई योजना बनाइराख्न भनेका छौं ।’ नयाँ घर बनाउँदा सकेसम्म भत्किएको घरको पुरानै काठको उपयोग गर्नका लागि आग्रह गरिएको पौडेलले बताउनुभयो ।‘घरको काठपात पानीले नभिज्ने ठाउँमा तह लगाउन भनेका छौं, यत्ति भयो भने पनि एक चौथाई माग पुरा हुन्छ’ पौडेलले भन्नुभयो ।

त्यसबाहेक निजी वनका काठ र कतिपय प्रतिबन्धित प्रजातिका काठ समेत उपयोग गर्न मिल्ने अवस्था बनाउका लागि पहल भैरहेको उहाँले बताउनुभयो । काठको विकल्पमा वातावरणमैत्री सामग्रीको उपयोग गर्न सकिएमा काठको काम कम हुने जिल्ला दैवी प्रकोप उद्धार समितिको विश्वास छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी