काठमाडौ २६ साउन ।
संविधानसभाले राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवम् पूर्वमन्त्री राजेश्वर देवकोटाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
सभाध्यक्ष सुवास चन्द्र नेम्वाङले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई संविधानसभाको आज बिहानको बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।
बैठकले उहाँको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट गरी एक मिनेट मौनधारण समेत गरेको थियो ।
२०५२ सालको राष्ट्रिय सभामा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट निर्वाचित सदस्य राजेश्वर देवकोटाको ८६ वर्षको उमेरमा हिजो बिहान न्यूरो अस्पताल, बासबारीमा निधन भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline