कर्णालीका पाँचै जिल्ला बन्द

कर्णालीका पाँचै जिल्ला बन्द

  • मङ्लबार, साउन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २६ साउन  

प्रदेश सिमांकनको क्रममा कर्णाली अञ्चललाई सुदूर पश्चिममा गाभिएको भन्दै आज कर्णाली अन्चलका पाँच वटै जिल्ला बन्द आह्वान गरिएको छ ।

यसअघि हिजो जुम्ला मात्र बन्द गरिएकोमा आज एकीकृत नेकपा माओवादीको अगुवाइमा हुम्ला, मुगु, कालिकोट र डोल्पा पनि बन्दको आह्वान गरिएको हो ।

बन्दका कारण त्यस क्षेत्रमा लामो तथा छोटो दुरीका सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भने पसल, बजार तथा शैक्षिक संस्था ठप्प रहेका छन् ।

कर्णाली प्रदेशलाई स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै पांचवटै जिल्लाका स्थानीय राजनीतिक दलहरु, नागरिक समाज तथा सर्वसाधारण आन्दोलनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले जुम्ला विमानस्थल समेत बन्द गराएका छन् । संभावित झडपलाई मध्यनजर गर्दै ती जिल्लाहरुमा सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ ।

यता, प्रदेश विभाजनका क्रममा रुकुम जिल्ला पनि विभाजन गरिएको भन्दै आज दोस्रो दिन पनि रुकुम जिल्ला बन्दको आह्वान गरिएको छ ।

नागरिक समाज रुकुमले शुरु गरेको आन्दोलनमा उद्योग वाणिज्य संघ र जिल्लाका सबै राजनीतिक दलहरुले समर्थन जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी