काठमाण्डौ,२५ साउन ।
प्युठान भएको सवारी दुर्घटनामा ९ जनाको मुत्यु भएको छ । आज दिउसो ना ३ ख ८३८३ नम्बरको बस सारीबाङको घुम्तीबाट खोचमा खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा २४ जना घाइते भएका छन । दुर्घटनामा ज्यान गुमाउने मध्ये प्युठान नगरपालिका १४ की मायाँ केसी, तोरवाङ गाविसका नरेन्द्र जिसी र प्यूठान नगरपालिका लामभेलाका जुनु विकको मात्र सनाखत भएको प्युठानका प्रहरी प्रमुख डिएसपी तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।
बस घुम्तीबाट २ सय मिटर तल खोंचमा खसेको छ । बस दुर्घटनाको कारण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline