विमानस्थल नजिकका अग्ला घर हटाउन संसदीय समितीको निर्देशन

विमानस्थल नजिकका अग्ला घर हटाउन संसदीय समितीको निर्देशन

  • सोमवार, साउन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ, २५ साउन ।

ब्यबस्थापिका संसदको बिकास समितीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल वरपरका अग्ला भौतिक संरचनाहरु तीन महिना भित्र हटाउन निर्देशन दिएको छ ।

समितिले विमानस्थल नजिकको ८ तले घर र अन्य संरचनाहरु हटाउन सरकार, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, स्थानीय विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, नगर विकास प्राधिकरण र काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको हो ।

समितीले पर्यटन मन्त्रालयका सचिव तथा सम्बद्ध पदाधिकारीहरुसँग छलफल पछि आज बसेको बैठकले भौतिक संरचनाहरु हटाउने सम्बन्धमा हालसम्म भएको कार्य प्रगति समितिमा उपलब्ध गराउन र यस्ता अवरोधहरु ३ महिनाभित्र समाधान गरिसक्न निर्देशन दिएको सभापति रबिन्द्र अधिकारीले जानकारी दिनुभयो ।

बैठकले पर्यटन मन्त्रालयलाई विमानस्थलको स्तरोन्नति गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्न र स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्ने तर्फ समन्वयकारी भूमिका निर्वाह गरिदिन गृह मन्त्रालय र स्थानीय विकास मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी