६ प्रदेशले लियो जनताको ज्यान , सुर्खेतमा प्रहरीको गोली लागि ३ जनाको मुत्यु

६ प्रदेशले लियो जनताको ज्यान , सुर्खेतमा प्रहरीको गोली लागि ३ जनाको मुत्यु

  • सोमवार, साउन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाण्डौ,२५ साउन ।

आन्दोलन कडा भएपछी सुर्खेतमा गोली चलेको छ । सभासद पुर्ण बहादुर खड्काको घरमा आन्दोलनकारीले तोडफोड गर्न थालेपछी प्रहरीले गोली चलाएको बताएको छ ।

प्रहरीको गोली प्रहारबाट वीरेन्द्रनगर नगरपालिका–४ का टिकाराम गौतम र यामबहादु्र बिसीको मुत्यु भएको छ । टाउमा गोली लागेर घाइते भएका दुवैलाई उपचारका लागि लैजादै गर्दा बाटैमा ज्यान गएको हो । गोली प्रहारबाट दर्जनौ घाइते भएका छन । गम्भीर घाइते ३ जनालाई उपचारका लागि काठमाण्डौ  ल्याइएको छ भने ४ जनाको कोहलपुर र बाकी घाइतेको सुर्खेतमै उपचार भइरहेको छ ।

संघीयताको सीमांकनबारे असन्तुष्टि जनाउँदै सुर्खेतमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको हो । सुर्खेतको प्रदर्शन अराजक बन्दै गएपछि दिउँसो १ बजेदेखि राति ९ बजेसम्म विरेन्द्रनगरमा कर्फ्यू लगाएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिनुभयो । अहिले पनि त्यहा हाताहातीको अबस्था छ  ।

यस्तै मध्यपश्चीम टुक्रीदा समेत सभासद निदायको भन्दै क्षेत्र नं २ का सभासद हृदयराम थानीको घरमा पनि तोडफोड भएको छ । आन्दोलनमा मध्यपश्चीमका जाजरकोट,कालीकोट,दैलेख लगाएत जिल्लाका जनताको सहभागीता रहेको छ ।

कर्णालीका पाँच जिल्लासहित भेरीका सुर्खेत, जाजरकोट र दैलेखलाई सुदूरपश्चिमको क्षेत्रमा पारिएको भन्दै आन्दोलन घोषणा भएको हो । बन्दमा जिल्लाका सबै राजनीतिक दल, संघसंस्था तथा स्थानीयले समर्थन गरेका छन् । बन्दका कारण यातायात, बजार र शिक्षणसंस्था ठप्प छन् । मध्यपश्चिमलाई अखण्ड भएको घोषणा नभएसम्म आन्दोलन नरोकिने संघर्ष समितिले चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी