डोल्पा ,२५ साउन ।
मध्यरातमा चार दलले ६ प्रदेशको सिमांकन सहितको संघियतामा सहमती गरेपछि अहिले देशका बिभिन्न स्थानमा आन्दोलन चर्कदै गएको छ ।
यसैक्रममा अखण्ड मध्यपश्चिमको माग राख्दै डोल्पालीहरु आजदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् ।
डोल्पा जिल्लामा सोमबार नागरीक समाज डोल्पाको अगुवाइमा राप्ती भेरी कर्णालीको राजधानी एक गर भन्दै अखण्ड मध्यपश्चिमको माग राख्दै डोल्पालीहरुले अनिश्चित कालीन आन्दोलनको घोषण गरेका हुन् ।
सोमबार डोल्पाको सदरमुकाम दुनैमा डोल्पका राजनैतिक दल , नागरिक समाज , उद्योगी , ब्यापारी , सरोकारवाला निकायका ब्यात्ति र सबै डोल्पालीहरुले राप्ती ,भेरी र कर्णालीका राजधानी एकैठाउमा हुनुपर्छ भन्दै डोल्पाको जिल्ला प्रशासन कार्यलय घेराउ गरेका छन । आन्दोलनको घोषणा गर्दै डोल्पालीहरुले नारा जुलुस गर्दै बजार परिक्रमा गरेका छन ।
सोमबार पहिलो दिन भएकाले नारा जुलुस गरी डोल्पा बन्द गरेको मंगलबार ज्ञापन पत्र बुझाई राज्यलाई दवाब दिदै आन्दोलन तिब्र ढंगले अगाडी बढाउने नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले बताउनु भयो ।
अध्यक्षा बुढाका अनुसार छैटौ प्रदेसको सिमाङकन सम्बन्धमा डोल्पा र डोल्पालीहरुको असमत रहेकोले डोल्पा बन्द , जिल्लाको असहमति र बिरोधबारे प्रमुख जिल्ला अधिकारी मार्फत संबिधान सभाका अध्यक्ष समक्ष बिरोध पत्र पठाउने बुडाले बताउनु भयो ।
मध्यपश्चिमाञ्चल क्षेत्र संग सम्बन्धित अञ्चल र जिल्लाहरुले लिएका अडान र माग हरु पुरा हुनञ्जेल डोल्पालीहरुले आन्दोलन जारी राख्ने बताउनुभयो ।
पहिलो दिन भएकोले सान्तिपुर्ण तरिकाले डोल्पा बन्दगरी सान्तिपुर्ण आन्दोलन गरेको भोली मागहरुको स्विकार्य नभए भोली देखी शसक्त आन्दोलन गर्ने नागरीक समाज डोल्पाले जनाएको छ ।
