काठमाडौ २५ साउन ।
दलहरुले प्रदेश सिमांकन गर्दा कर्णालीलाई सुदूर पश्चिमसँग गाभिएको भन्दै आज जुम्ला बन्दको आह्वान गरिएको छ ।
जिल्लाका सम्पूर्ण राजनीतिक दलहरुले संयुक्त रुपमा बन्द आह्वान गरेका हुन् । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भने खलंगा बजार पूर्णरुपमा ठप्प रहेको छ । शैक्षिकसंस्था, कलकारखाना पनि सन्चालनमा आउन सकेको छैन ।
आन्दोलनकारीले जुम्ला विमानस्थलसमेत बन्द गराएका छन् भने विभिन्न राजनीतिक दलका कार्यकर्ताले खलंगामा प्रदर्शन गरिरहेका छन । संभावित झडपलाई मध्य नजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यलय जुम्लाले जनाएको छ ।
विशेष कर्णाली राज्य हुनुपर्ने मागसहित सुरु गरिएको आन्दोलनको अगुवा कांग्रेस, एमाले र एकिकृत नेकपा माओवादीका जिल्ला स्तरीय नेताहरुले गरिरहेका छन् ।
आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी उनीहरुको चेतावनी रहेको छ ।