जिल्ला टुक्राएकोमा नवलपरासी बासी असन्तुष्ट

जिल्ला टुक्राएकोमा नवलपरासी बासी असन्तुष्ट

  • सोमवार, साउन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ २५ साउन । 

दलहरुले बनाएको संघिय संरचनामा नवलपरासी जिल्लालाई टुक्राईएको भन्दै परासी क्षेत्रका बासिन्दाले विरोध जनाएका छन् ।

जिल्लाको दाउन्ने पश्चिमको भागलाई प्रदेश ५ र दाउन्ने पुर्वको भागलाई प्रदेश ४ मा समावेश गरी जिल्लालाई टुक्राएको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

ऐतिहासिंक जिल्लाको पहिचान बनाएको नवलपरासीको पहिचान नै समाप्त हुने गरि बनाएको प्रदेश संरचना आफूहरुलाई मान्य नहुने नागरिक समाज नवलपरासीका अध्यक्ष रामजी ज्ञवालीले बताउनुभयो ।

जिल्ला टुक्राएर अस्तीत्व नै समाप्त पार्न खोजिएको उनीहरुको आरोप छ । जिल्लामा रहेका अन्य राजनितिक दल, नागरीक समाजले पनि प्रदेशको खाका प्रति असहमति जनाउदैँ सिमांकनको खाकालाई तत्काल परिमार्जन गर्न माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी