काठमाडौ २५ साउन ।
प्रमुख चारदलहरुबीच सीमांकनमा ६ प्रदेशमा भएको सहमतिप्रति असन्तुष्ट रहेका प्रमुख दलका थारु र मधेसी सभासदहरुले आज छुट्टा छुट्टै छलफल गर्ने भएका छन् ।
आज मधेस क्षेत्रका थारु र मधेसी सभासदहरुले छुट्टै छलफल गर्न लागेको फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले जानकारी दिनुभयो । सहमतिमा हस्ताक्षर गरेका दलका सभासदहरु नै विपक्षमा उभिएका छन् ।
शीर्ष नेताहरुले हस्ताक्षर गरेपछि सभासदहरु असन्तुष्ट रहेको र आज सामुहिक छलफल गरेर सहमति विरुद्ध आन्दोलन घोषणा गर्ने तयारी भएको चौधरीले बताउनुभयो ।
उहाँका अनुसार सभासदहरुले मधेसका जिल्ला पहाडसँग मिलाएकोमा असन्तुष्टि जनाएका हुन् । यस्तै संविधान निर्माण प्रक्रियासँग असन्तुष्ट रहेका मधेसका दलहरुले पनि विरोध गरिरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline