साउन २४ काठमाण्डौं ।
आईतबारको संबैधानिक राजनीतिक संबाद समितिको बैठकमा फरक दृश्य देखियो ।
मध्यरातमा मुख्य चार दलका शीर्ष नेताहरुले ६ प्रदेशको सहमति भए पछि त्यसमा विरोध जनाउदै बहुजन शक्ति पार्टीका नेता विश्वेन्द्र पासवानले सवैधानिक राजनीतिक सवाद तथा सहमतिका सभापति बाब्ुराम भट्टराईको अनुहारमा असहमतिका बुदाहरु लेखिएको कागजको पोको प्रहार गरेका छन् ।
भट्टराईमाथि प्रहार गरे पछि उनी बैठक छाडेर हिडेका थिए ।
बाहिर निस्केका पासवानले पत्रकारहरुसाग भने, मेरो असहमतिको पत्र पोको पारेर बाबुरामलाई हिर्काए। उनले किन यस्तो व्यवहार गरेको भने। तिमीलाई मुलुक टुक्राउन पाउने अधिकार कसले दियो भन्ने प्रश्न गर्दै म हिडे । ”
पासवानको यस्तो व्यवहार देखेर बैठकका अन्य सदस्यहरु स्तब्ध भएका थिए । सभापति भट्टराईले विचार राख्न पाइन्छ तर अभऽ व्यवहार मान्य हुादैन भन्दै संयमित हुन पासवानलाई आग्रह गरेका थिए ।
पासवानले यस अघिल्लो सविधान सभाको कार्यकालमा पनि सिंहदरबारबाट कुर्सी फ्याकेका थिए ।