चार दलीय सहमतीको चौतर्फि बिरोध /सदभावना पार्टींले संविधानसभा छाड्ने

चार दलीय सहमतीको चौतर्फि बिरोध /सदभावना पार्टींले संविधानसभा छाड्ने

  • आइतवार, साउन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ ,२४ साउन ।

मुख्य चार दलले मध्यराती सीमांकनसहितको ६ प्रदेशमा सहमती गरेपछि चौतर्फि बिरोध सुरु भएको छ ।

प्रमुख दलहरुले सीमांकनसहितको ६ प्रदेशमा सहमति गरेपछि आदीबासी जनजाती ,राप्रपा नेपाल र मधेश केन्द्रित दलले ६ प्रदेशको संघियतासहितको संबिधान पनि अस्वीकार गर्ने भन्दै बिरोध जनाएका छन् । चार दलले मध्य रातमा आफ्नो स्वार्थका आधारमा ६ प्रदेशमा सहमती गरी हस्ताक्षर गरेको भन्दै उनीहरुले बिरोध जनाएका हुन् ।

उनीहरु सीमांकनमा असहमति जनाउँदै पहिचानसहितको संघीयता हुनु पर्ने माग गरेका छन ।

सीमांकनलाई लिएर सदभावना पार्टींले संविधानसभा छाड्ने निर्णय गरेको छ । सह अध्यक्ष लक्ष्मण लाल कर्णले संविधानको अन्तिम मस्यौदा आएपछि संविधानसभा छाड्ने निर्णय भएको जानकारी दिनुभयो ।

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ६ प्रदेशको सीमांकन आफूहरुलाई स्विकार्य नहुने भन्दै यसका विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

जनताको सुझाव संकलन बहिस्कार गरेका मधेशी लगायतका साना दलले ६ प्रदेश कुनै हालतमा स्वीकार नगर्ने बरु आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

६ प्रदेशको सहमतिमा सहमती जनाउनु मृत्युपत्रमा हस्ताक्षर गरेको सरह ठहरिने भन्दै मधेश केन्द्रित दलफोरम लोकतान्त्रिकका सभासदहरूले यो कुनै हालतमा मान्य नहुने अडान लिएका छन् ।

सहमतिको बिरोध गर्दै राप्रपा नेपाल र मधेस केन्द्रित ४ दलले आईतवारको संवाद समितिको बैठक पनि बहिष्कार गरेका छन् ।
सहमति अनुमोदन गर्न बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक बहिष्कार गरेका हुन् । रातारात सहमति गरेर अध्ययन गर्ने मौका पनि नदिइएको र आफूहरुको माग नसमेटिएको भन्दै ती दलले बिरोध गरेका हुन् ।

संघिय समाजवादी फोरम संसदीय दलका नेता असोक राईले ६ प्रदेश आफुहरुलाई मान्य नहुने भन्दै आफुहरु बरु आन्दोलनमा जाने बताउनु भयो ।

यसैबीच , वैद्य नेतृत्वको नेकपा माओवादीले पनि नया संबिधानको बिरोध गर्ने भएको छ । माओवादी उपाध्यक्ष सिपी गजुरेलले मस्यौदा नै प्रतिगामी भएको पुस्टि भएको भन्दै मधेशी र जनजाती पार्टिहरुसँगको कार्यगत एकता अझ बलीयो बनाएर संबिधानका बिरुद्धमा आन्दोलन गर्ने बताउनु भयो ।

यो पनि पढ्नुस्

मध्यरातमा भयो ६ प्रदेशमा सहमती , सबै प्रदेश भारतसँग जोडिने (पूर्ण पाठ सहित) 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी