अखण्ड सुदूरपश्चिको आमहडताल फिर्ता : थरुहट र हिन्दू राष्ट्र संघर्ष समितिको बन्द कायमै

अखण्ड सुदूरपश्चिको आमहडताल फिर्ता : थरुहट र हिन्दू राष्ट्र संघर्ष समितिको बन्द कायमै

  • आइतवार, साउन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

काठमाण्डौ,२४ साउन ।

लगातारको बन्दका कारण सुदूरपश्चिमको जनजिवन प्रभाबित भएको छ । दोहोरो बन्दका कारण त्यसक्षेत्रको जवजीवन प्रभाबित भएको हो ।

बन्दको बढी प्रभाव कैलाली, कञ्चनपुरमा देखिएको छ । सिमांकनसहितको संघीय संरचना बनाउँदा सुदूरपश्चिमलाई अखण्ड राख्न गरिएको माग दलहरुले सम्बोधन गरे पछि अखण्ड सुदूरपश्चिम आन्दोलन परिचालन समितिले भने आमहडताल फिर्ता लिएको छ ।

शीर्ष दलका नेताहरुबीच सुदूरपश्चिम अखण्ड राख्नेगरी मध्यपश्चिमका केही जिल्लासहित एक प्रदेश बनाउने सहमति भएपनि आमहडताल फिर्ता लिएको समितिका संयोजक गोपाल देउवाले जानकारी दिनुभयो । आमहडताल फिर्ता लिएपनि आन्दोलनका कार्यक्रम भने जारी रहने उहाँले बताउनुभयो । यस्तै, थरूहट÷थारूवान संर्घष समिति र हिन्दू राष्ट्र संघर्ष समितिले भने बन्द जारी राखेका छन ।

कैलाली–कञ्चनपुरलाई थरुहट राज्यमा समाबेश नगरिएसम्म बन्द जारी राखिने थरूहट÷थारूवान संर्घष समितिले जनाएको छ । नेपाललाई हिन्दू राष्ट्र घोषणा नगरुन्जेलसम्म बन्दका कार्यक्रम फिर्ता नलिइने हिन्दू राष्ट्र संघर्ष समितिका संयोजक हरि रेग्मीले बताउनुभयो । हिन्दू राष्ट्र घोषणाको माग गर्दै आज धनगढीमा माईकिङ पनि गरेका छन् । तीन दिनदेखिको लगातारको बन्दका कारण यस क्षेत्रका जनजीवन कष्टकर बन्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी