यस पटकको आदिवासी दिवस सडकमै मनाइदै

यस पटकको आदिवासी दिवस सडकमै मनाइदै

  • आइतवार, साउन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं २४ साउन  । 

आज विश्व आदिवासी दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदैछ ।

संयुक्त राष्ट्रसंघको अह्वानमा हरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउने गरिन्छ । विश्वभरी छरीएर रहेका आदिवासीहरुलाई एकत्रित बनाउन तथा उनीहरुको आवाजलाई बलियो बनाउने उद्धेश्यले यो दिवस मनाउन थालिएको हो ।

राष्ट्रसंघले आदिवासीहरुको स्वास्थ्य र सम्मुन्नतिको सुनिश्चितालाई यस वर्षको नारा तय गरेको छ ।दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघ  लगायतका आदिवासी जनजाति संघसंगठनले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

पहिचान सहितको संघियता आदिवासी जनजातिको अडान, धर्म निरपेक्षता समानुपातिक समावेशी सहितको नयाँ संविधान भन्ने मुल नाराका साथ महासंघले यस वर्षको दिवसमा सडकमै मनाउने भएका छन् ।

आफूहरुसँग विगतमा भएको सहमतिहरुलाई संविधानको मस्यौदामा नसमेटेको भन्दै विरोध स्वरुप यस पटकको दिवस सडकमै मनाउने तयारी भएको महासंघले जनाएको छ ।

मध्यान्न १२ बजे राजधानीको भृकुटी मण्डपबाट सुरु हुने संस्कृतिक झाँकी सहितको र्याली नयाँ बानेश्वरमा पुगेर सभामा परिणत हुने जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले जानकारी दिनुभयो । र्यालीमा विभिन्न जातीय संघ संघ संगठनको सहभागीता रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी