काठमाण्डौ,२४ साउन ।
आज दिन भर मौसम बदली भइ साझ पख मेघगर्जन सहित बर्षा हुने जल तथा मौसम पुार्बनुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावा नेपाल आइरहेको र त्यो पूर्वबाट नेपाल छिर्ने भएकाले प्र्बका जिल्लामा भारी बर्षा हुने संभावना रहेको मौसमविद शान्ति कडेलले जानकारी दिनुभयो ।
मौसमबिद कडेलका अनुसार मध्य र पश्चिममा भने त्यसको प्रभाब कम पर्ने भएकाले बर्षा कम पर्ने अनुमान छ । दिउँसोपछि मौसम बदली भइ बेलुका बर्षा हुने अनुमान गरीएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अबको दुई केही दिन दिनभर मौसम बदलिइ भइ बेलुका बर्षा हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline