काठमाण्डौ,२४ साउन ।
पटक पटक स्थगीत हुदै आएको संबिधान सभाको बैठक आज बस्दै छ । गएराती दलहरुबिच ६ प्रदेश रहने गरी सिमाङकनाका बिषयमा सहमती भएसंगै संबाद समितीले बनाएको प्रतिबेदन आजको संबिधान सभा बैठकमा पेश हुने कार्यसुची छ ।
नयाबानेश्वर स्थित संबिधान सभा भवनमा दिउसो १ बजेका लागि बोलाइएको बैठकमा प्रमुख दलबिच भएको सहमतीका आधारमा संबाद समितीले तयार पारेको प्रतिबेदन पेश हुने कार्यसुचि रहेको संबिधान सभा सचिबालय सहायक प्रबत्ता सुर्दशन कुइकेलले जानकारी दिनुभयो ।
बिगत ११ दिन देखी सिमाङकन सहितको प्रदेशका बिषयमा सहमती जुटाउन नसकेका प्रमुख दलले मध्यराती ६ प्रदेश रहने गरी सिमाङन बनाउने सहमती गरेका थिए । दलबिच सहमती नहुदा हिजो संबिधान सभाको बैठक ३ पटक सारीएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline