कैलाली कञ्चनपुरलाई पहाडमा राख्ने निर्णयको विरोध गर्दै आजदेखि अनिश्चितकालीन आमहड्ताल

कैलाली कञ्चनपुरलाई पहाडमा राख्ने निर्णयको विरोध गर्दै आजदेखि अनिश्चितकालीन आमहड्ताल

  • शनिबार, साउन २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

धनगढी, साउन २३ गते ।
कैलाली कञ्चनपुर थारुवान स्वायत्त प्रदेश हुनु पर्ने माग गर्दै कैलालीबासीहरु शनिबारदेखि आमहड्ताल गरेका छन् ।

विगतमा भएको सहमति विपरीत फेरी यस्तो सहमति ठूला दलले गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

नया बन्ने संविधानमा  कैलाली कञ्चनपुरलाई अखण्ड सुदुरपश्चिममा गाभिने  भएपछि पुन: आन्दोनलमा उत्रेको थारुवान आन्दोलन परिचालन जिल्ला संयोजन समितिका संयोजक लाहुरामा चौधरीले जानकारी दिए ।

उनले भने, “माथिका शिर्ष नेताहरुले विगतमा भएका सम्झौतालाई खारेजी गरी फेरी पनि थारुहरुलाई दास बनाउन खोजेका छन्, त्यसैले हामी कैलाली कञ्चनपुरलाई कुनै पनि हालतमा पहाडी जिल्लासंग जोड्न चहान्नौ । यदी त्यसो भएको खण्डमा जस्तो सुकै आन्दोलन गर्न तयार छौं ।”
कैलाली कञ्चनपुरलाई थारुवान/थरुहट संघिय प्रदेशमा राखिनु पर्ने माग गर्दै शनिबारदेखि गरिएको अनिश्चतकालिन आमहड्ताल राज्यसंगको लडाईरहेको बताउादै संयोजक चौधरीले त्यसमा कसैले हस्ताक्षेप गर्न खोजे आफूहरुलाई मान्य नहुने चेतावनी दिए ।
कैलाली जिल्लामा अखण्ड सुदुरपश्चिम समन्वयन समितिले कैलाली कञ्चनपुरलाई टुक्रयाउन हुदैन भनि बन्दको अहवानसंगै थारुबासीहरु पनि आफ्नो अडान राखि कैलाली कञ्चनपुर अनिश्चितकालीन बन्दको अहवाग गरी विभिन्न ठाउामा विरोध जुलुस निकालेका छन् ।
त्यसै गरी धनगढीको क्याम्पस चौकबाट निकालिएको विरोध जुलुसमा पहिचान सहितको संघियता र संघियता सहितको संविधान लागु गर, आम उत्पिडित जनता एक हौा, नयाा संविधानमा कैलाली कनञ्चनपुरलाई थरुहट थारुवानमा राखि  सिमाङ्ककन गर, कैलाली कनञ्चनपुर सहितको थरुहट थारुवान संघिय प्रदेश लागु गर, समानुपतिक निर्वाचन प्रणाली लागु गर, विगतमा भएका सम्झौताहरु अक्षरस लागु गर लगायतका नारा सहित पुरानो फुलबारी बस पार्कमा पुगि कोणसभामा परिणत भएको थियो ।
कोणसभामा थारु कल्याणकारिणी सभाका माधब थारुले कैलाली कञ्चनपुरका जनता अब कसैको दासी बन्न चहानन्, विगत देखि उत्पीडनमा परेका थारु समुदायले थरुहट/थारुवान स्वयत प्रदेशको लागि ज्यानको बाजी लगाउन समेत तयार रहेको बताए ।

कार्यक्रममा आदीबासी जनजाती महासंघका दलबहादुर घर्तिमगरले कैलाली कञ्चनपुर थरुहट/थारुवान भन्दा अन्तै गाभियो भने आदीबासी जनजाती महासंघ त्यस बखत चुप लागेर नबस्ने बताए ।
त्यसै गरी थरुहट/थारुवान संघिय प्रदेशको माग गर्दै कैलालीको लम्की, टिकापुर र भजनीमा पनि विरोध जुलुस निकालिएको छ भने कञ्चनपुरको बेलौरी बजारमा समेत विरोध जुलुस निकालिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी