दलहरुविच ६ प्रदेशमा सहमति : संविधान जारी हुने आधार तय

दलहरुविच ६ प्रदेशमा सहमति : संविधान जारी हुने आधार तय

  • शनिबार, साउन २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाण्डौ, २३ साउन ।

संघीय प्रदेशहरुको सीमांकनको विषयमा दलहरुबीच सहमति भएको छ । दलहरुबीचको सहमतिसँगै संविधान जारी हुने आधार पनि तयार भएको छ ।

६ प्रदेश रहने गरी प्रदेशहरुको सीमांकनको विषयमा दलहरुबीच सहमति बनेको हो । दलहरुबीच सेती, महाकाली र कर्णाली अन्चलका सबै तथा भेरी अन्चलका सुर्खेत, दैलेख र जाजरकोट जिल्लालाई समेटेर एउटा प्रदेश निर्माण गर्ने सहमति भएको बुझिएको छ ।

यस्तै, राप्तीका सबै, भेरीका बाँके, बर्दिया, लुम्बिनीका सबै, तर नवलपरासीको दाउन्ने पश्चिमको क्षेत्रलाई समेटेर एउटा प्रदेश बनाउने सहमति बनेको छ ।

यसैगरी, गन्डकी र धौलागिरि अन्चल तथा नवलपरासीको दाउन्ने पूर्वको क्षेत्र समेटिएको प्रदेश बनाउने विषयमा पनि दलहरुबीच सहमति बनेको जनाइएको छ ।

बाग्मती अन्चलका सबै जिल्ला तथा नारायणी अन्चलका मकवानपुर र चितवन तथा जनकपुरका सिन्धुली, दोलखा र रामेछाप जिल्लालाई समेटेर प्रदेश बनाउन दलहरु सहमत भएका छन् ।

दलहरुबीच पर्सादेखि सप्तरीसम्मका ८ ओटा जिल्लालाई समेटेर प्रदेश बनाउने विषयमा पनि सहमति जुटेको बुझिएको छ ।

मेची र कोशी अन्चलका सबै तथा सगरमाथाका उदयपुर, सोलुखुम्बु, ओखलढुंगा र खोटाङलाई समेटेर प्रदेश बनाउन पनि दलहरु सहमत भएका छन् ।

दलहरुबीच विशेष समितिमा प्रदेशको संख्या र सीमांकनको विषयमा बनेको सहमतिबारे शनिबार राति ८ बजे बस्ने संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा छलफल हुनेछ ।

संवाद समितिबाट अनुमोदन गरेर परिमार्जित मस्यौदा प्रतिवेदन संविधानसभामा बुभाउने तयारी गरिएको छ । शनिबारको संविधानसभा बैठक स्थगित गरी अर्को बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी