सुदुरपश्चिमका नौ जिल्ला टुक्याउन पाईदैन :साउद

सुदुरपश्चिमका नौ जिल्ला टुक्याउन पाईदैन :साउद

  • शनिबार, साउन २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, २३ साउन  ।
सिंचाइ मन्त्री एनपी साउदले सुदुरपश्चिमका नौ जिल्ला एकै ठाँउमा हुनु पर्ने बताउनु भएको छ ।

राजधानीमा आज आयोजीत कार्यक्रममा बोल्दै उहाले सुदुरपश्चिमका नौ जिल्ला टुक्याउन नहुने बताउनु भयो । उहाले कैलाली र कञ्चनपुरलाई कुन प्रदेशमा राख्ने भन्ने विषयमा जनमत संग्रह गर्नुपर्ने धारणा राख्नुभयो ।

कैलाली र कञ्चनपुर कुन प्रदेश र केका आधारमा अलग्याउने भन्ने अधिकार स्थानीयलाई नै भएको उहाको भनाई छ ।

कांग्रेस नेता समेत रहेका मन्त्री साउदले त्यहीका जनतालाई निर्णय गर्ने अधिकार दिनु पर्ने बताउनु भयो । आफू कञ्चनपुरको थारुबाहुल्य क्षेत्रबाट विजय भएर आएको भन्दै उहाले त्यहाँका जनताले पनि सेती र महाकालीमै रहनु पर्ने जनमत दिएको दाबी गर्नुभयो । उहाले कैलाली र कञ्चनपुर पहिचान र सामथ्र्यको दृष्टिकोणले पनि एक ठाँउमा रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी