संविधानसभाको बैठक आज बस्दै

संविधानसभाको बैठक आज बस्दै

  • शनिबार, साउन २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ २३ साउन ।  संविधानसभाको बैठक आज बस्दैछ ।

अपरान्न ३ बजेपछि बस्ने बैठकमा नागरिकको सुझाव समेटेर सम्वाद समितिले तयार परेको प्रतिवेदन पेश हुने कार्यसुची रहेको संविधान सभा सचिवालयले जनाएको छ ।

यद्यपी दलहरुबीच सहमति जुट्न बाँकी रहेकाले आजको कार्यसुची पनि अन्योलमा रहेको छ ।

यसअघि हिजोका लागि बोलाइएको बैठक दलहरुको आग्रहमा आजका लागि सारिएको थियो ।  दलहरुबीच सहमति नभएकोले सम्वाद समितिले आज पेश गर्ने प्रतिवेदन तयार भएको छैन ।

संविधानसभाले गत आइतबार नै प्रतिवेदन बुझाउन समयसीमा तोकेको थियो ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सहमतिसहितको प्रतिवेदन नआए संविधानसभा आफ्नो ढंङ्गले अघि बढ्ने यसअघि नै बताइ सक्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी