सिमांकन विवाद मिलाउन दलहरु आजपनि छलफलमा

सिमांकन विवाद मिलाउन दलहरु आजपनि छलफलमा

  • शनिबार, साउन २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ २३ साउन ।

प्रदेशको सिमांकनमा रहेको विवादमा सहमति जुटाउन नसकेपछि केही दिन यता निरन्तर छलफलमा जुटिरहेका  प्रमुख दलहरुबीच आज पनि छलफल जारी राखेका छन् ।

आगामी साउन मसान्त सम्ममा संविधान जारी गर्ने तयारीमा रहेका दलहरुबीच मुख्य विवादित विषय प्रदेशको सिमांकन र नमांकनमा सहमति जुट्न बाँकी रहेको छ । दलहरुबीच सहमति जुट्न नसकेपछि हिजोका लागि बोलाइएको संविधानसभा बैठक पनि बस्न सकेन ।

चार दलका शीर्ष नेता सम्मिलित संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तगर्तको विषेश समितिको बैठकमा कुनै सहमति नभएपछि संवाद समितिले नागरिकका सुझाव सहितको प्रतिवेदन तयार पार्न नसकेपछि बैठक बस्न नसकेको हो ।

यसैबीच संवैधानिक राजनितिक सम्वाद तथा सहमति समितिको बैठक पनि आजै बस्दैछ । दिउँसो १ बजे बस्ने समितिको बैठकमा नागरिकको सुझाव सहितको प्रतिवेदन तयार पारी सभाध्यक्षलाई बुझाउने तयारी भएको सभापति डा. बाबुराम भट्टाराईले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी