काठमाडौ २२ साउन हिन्दु राष्ट्र रक्षा महाअभियानले आज राजधानीमा टुडिखेलमा धर्मुसभाको आयोजना गरेको छ ।
महाअभियानले संविधानको प्रस्थावनामा नेपाल बुद्ध र सगरमाथाको देश भनेर उल्लेख गर्नुपर्ने, रुढीवादी, लैंगिक तथा जातिया विभेदरहित सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने लगायतका माग राख्दै बृहत भेला आयोजना गर्न लागेको महाअभियानका अध्यक्ष स्वामी कमलनयन आचार्यले जानकारी दिनुभयो ।
यस्तै धारा ३१ मा उल्लेख गरिएको धर्मबाट अलग हुने हक हटाउन पनि महाअभियानले माग गरेको छ । हिन्दुराष्ट्र बिनाको संविधान आफूहरुलाई मान्य नहुने भन्दै हिन्दुराष्ट्र कायम नभएसम्म निरन्तर आन्दोलन गरिरहने महाअभियानका अध्यक्ष आचार्यले बताउनुभयो ।
हिन्दुराष्ट्रको पक्षमा नागरिकले दिएको सुझाव कार्यान्वयन हुने अवस्था देखेपछि आफूहरु आन्दोलनमा उत्रिनुपरेको उहाको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline