निजामती प्रशासनलाई नतिजामुखी र जवाफदेही बनाइनेछ : नवनियुक्त मुख्यसचिव

निजामती प्रशासनलाई नतिजामुखी र जवाफदेही बनाइनेछ : नवनियुक्त मुख्यसचिव

  • बिहिबार, साउन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

२१ साउन, काठमाडौं ।

नेपाल सरकारको मुख्य सचिवमा नियुक्त हुनुभएका डा सोमलाल सुवेदीले स्थायी सरकारका रुपमा रहेको निजामती प्रशासनलाई नतिजामुखी, सेवामुखी र जवाफदेही बनाउने बताउनु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्दै सुवेदीले निजामती सेवामा रहेका राष्ट्रसेवकको क्षमता अभिवृद्धि गर्न ध्यान दिने प्रतिबद्धता जनाउनु भयो । निजामती सेवालाई दूरगामी रुपमा प्रभावकारी बनाउन विद्यमान नीति, सिद्धान्त,ऐन कानुनमा भएको कमीकमजोरी सुधार गरी कार्यान्वनमा लैजाने कामलाई प्राथमिकता दिने भन्दै उनले सरकारका नीतिगत निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा आफूले समन्वय र सहजीकरण गर्ने बताउनु भयो ।

उहाले संविधान जारी भइसकेपछि संक्रमणकालीन प्रबन्धलाई राजनीतिक र संवैधानिक दायराभित्र रहेर व्यवस्थापन गर्ने सिलसिलामा सबै मन्त्रालयलाई समन्वय गरेर कार्यसम्पादन गर्ने बताउनु भयो । उहाका अनुसार प्रशासन सुधारका लागि यसअघिका आयोगले दिएका सुझावलाई कार्यान्वयन गर्दै लगिनेछ ।

अहिले निजामती प्रशासनले प्रदान गर्दै आएको सेवालाई सुधार गरी जनताप्रति उत्तरदायी बनाउन आफूबाट सक्दो प्रयत्न हुने बताउँदै मुख्यसचिव सुवेदीले सेवा प्रदायक र सेवाग्राहीबीच देखिएको दूरी घटाउन यसले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी