काठमाडौं, २१ साउन ।
भूकम्पपछि पहिरोले अवरुद्ध नेपाल–चीन तातोपानी नाका द्विपक्षीय पहलबाट खुलेको छ । नेपाली सेनाको सहयोगमा चीनको सशस्त्र प्रहरीले पहिरो हटाई बाटो खुलाएको हो ।
चिनियाँ टोलीले ५ दिनमै नाका खुलाएको हो । यति थोरै दिनमै मितेरी पुलमाथि बेलिब्रिज हाल्नेदेखि सडक खुलाउनेसम्मको काम सम्पन्न भएको हो ।
वैशाख १२ को भूकम्पले उक्त नाका बन्द भएर कोदारी राजमार्गमार्फत नेपाल–चीन स्थल यातायात सम्पर्क विच्छेद भएको थियो । चीन सरकारले बाटो पन्छाएर राहत ल्याए पनि सर्वसाधारण र व्यापारिक प्रयोजनका लागि खुला हुन सकेको थिएन ।
बाटो खुलाउन दैनिक सयभन्दा बढी चिनियाँ प्रहरी हरेक दिन आउँदैजाँदै काम गरेका थिए । चिनियाँ विशेषज्ञ टोली आज स्वदेश फर्कंदै छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline