काठमाडौं, २१ साउन ।
सिमांकन सहितको संघियता र मस्यौदामा जनताबाट महत्वपूर्ण विषयमा आएका सुझावलाई नयाँ संविधानमा समेट्नका लागि प्रमुख चार दलहरु आज पनि सहमतिको प्रयासस्वरुप छलफलमा जुट्दैछन
विहान ९ बजे बस्ने चार दलको बैठकले संविधान मस्यौदा परिमार्जन गर्ने सके आजै साँझ ५ बजे बस्ने उच्चस्तरीय विषेश समितिको बैठकमा पेश गरिने नेताहरुले बताएका छन । । केही विवाद हल हुन बाँकी रहेको र सीमांकनका केही विवाद आज दिनभरमा टुंगो लगाउने दलहरुको तयारी छ
यसअघि हिजो अबेर रातिसम्म छलफल गरेका प्रमुख चार दलहरु ६ प्रदेशको सहमति नजिक पुगेकाले आज ठोस आकार लिने संभावना छ । तर पुर्बी पहाडि जिल्ला सप्तरि र पश्चिम तराई जिल्ला कैलालीलाई कसरि मिलाउने भन्ने विवाद बाँकी भएपनि ६ प्रदेशको बारेमा मोटामोटी खाका तयार भैसकेको छ ।
कांग्रेस र एमालेले कैलालीलाई अखण्ड सुदूरपश्चिममा राख्नुपर्नेमा जोड दिँदै आएका छन् । एकीकृत माओवादी र फोरम लोकतान्त्रिकले कैलालीलाई बाँके, बर्दियासँगै राख्न खोजेका छन् । सीमांकन सम्बन्धी विवाद आज टुंग्याउनेगरी छलफल भैरहेको नेताहरुको दावी छ ।