काठमाडौ २० साउन
सरकारले मुख्य सचिवमा सोमलाल सुवेदीलाई नियूक्त गरेको छ । मन्त्री परिषदको बिहान सिंहदरबारमा बसेको बैठकले सुवेदीलाई मुख्य सचिवमा नियूक्त गर्ने निर्णय गरेको हो ।
बर्तमान मुख्य सचिव लिलामणी पौडेलको तीनवर्षे कार्यकाल आगामी शुक्रबार सकिने भएपछि सरकारले मुख्य सचिवमा सुवेदीलाई नियूक्त गरेको हो । मुख्य सचिव र राष्ट्रिय पुननिमार्ण प्राधिकरणको सिइओका लागि सत्तारुढ कांग्रेस र एमालेवीच प्रतिस्पर्धा चल्दै आएको थियो । प्राधिकरणमा भने नियुक्तिको कुनै निर्णय नभएको सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले जानकारी दिनुभयो ।
प्राधिकरणमा पदाधिकारी नियुक्त नहुादा विदेशी दाताले सहयोगका लागि तत्परता दिएका छैनन । प्राधिकरणको सिइओमा योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेल, पूर्व मन्त्री माधव घिमिरे, नेपाली सेनाबाट अवकाश प्राप्त तथा सेना समायोजनमा काम गरेका बालानन्द शर्मा लगायतको नाम चर्चामा छ ।
यसैविच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सटौलाले हिजोबाट अनिवार्य अवकास पाउनु भएसागै सचिव बिहिन सरकारका मन्त्रालय तथा प्रशासनिक निकायको संख्या ६ पुगेको छ ।
५८ वर्ष उमेर पूरा भएपछि सचिव सिटौलाले हिजोबाट अनिवार्य अवकाश पाउनु भएको हो । प्रशासनिक निकाय नेतृत्व विहीन भए पनि सरकारले बढुवा प्रक्रिया भने अघि बढाएको छैन ।
हाल भौतिक पूर्वाधार सहित परराष्ट्र, शान्ति तथा पुनर्निर्माण, श्रम तथा रोजगार मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय र नेपाल ट्रष्टको कार्यालय प्रशासनिक नेतृत्व विहीन रहेका छन् ।