संघीयतामा जादा कम्तीमा ६ प्रदेश बनाउनु पर्ने एमालेको निष्कर्ष

संघीयतामा जादा कम्तीमा ६ प्रदेश बनाउनु पर्ने एमालेको निष्कर्ष

  • बुधबार, साउन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ,२१ साउन ।
नेकपा एमालेले संघीयतामा जादा कम्तीमा ६ प्रदेश बनाउनु पर्ने निष्कर्ष निकालेको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको स्थायी समितीको बैठकले जनताको सुझाब अनुसार संघिय प्रदेशको संख्या घटाउन पहल गर्ने निर्णय गरेको छ ।  सिमाकङका बिषयमा सहमती गरेर साउन मसान्तभित्र संविधान जारी गर्नुपर्ने एमालेको भनाई छ । बैठकले मुख्य दलको बैठकमा पाटीका तर्फबाट सिमाङकनको खाका समेत पेश गर्ने निर्णय गरेको छ ।

बैठकपछि सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले सिमाङकनका लागि दलहरुले छुटटै कार्यदल बनाएर छलफलको तयारी गरेको भन्दै त्यसमा अन्य दलको प्रस्ताव हेरेर एमालले आफनो धारणा राख्ने बताउनु भयो । यस्तै बैठकले दलित सभासद तथा अगुवाको धर्नामा प्रहरीले गरेको हस्तक्षेपबारे गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी