तराई–मधेस द्रुतमार्ग अध्ययन उपसमिति गठन

तराई–मधेस द्रुतमार्ग अध्ययन उपसमिति गठन

  • बुधबार, साउन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,२० साउन ।

संसदको अर्थ समितिले काठमाडौँ–तराई र मधेस द्रुतमार्गको आर्थिक, भौतिक, प्राविधिकलगायत विषय अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिको आज बसेको बैठकले निजगढ विमानस्थल र काठमाडौं–तराई मधेस द्रुतमार्गको बजेट व्यवस्थापन सम्बन्धका बारेमा छलफल गरेको छ ।

संविधानसभा व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावली ०७० अनुसार गठित अध्ययन उपसमितिमा कमला पन्त, केशव बडाल, गरिमा शाह, गोपाल दहित, जगदिश्वर नरसिंह केसी, विक्रम पाण्डे र शक्ति बस्नेत छन् । उपसमितिले सदस्यमध्येबाट एकजनालाई संयोजक तोक्नेछ ।

काम थालेको १५ दिनभित्र उपसमितिले सम्बन्धित विज्ञ, विशेषज्ञ र प्रावधिकसँग छलफल गरेर समितिसमक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी