संसदमा गृहमन्त्रिको जवाफः प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरे

संसदमा गृहमन्त्रिको जवाफः प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरे

  • बुधबार, साउन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं ,२० साउन । 

संसद बैठकमा गृहमन्त्री बामदेव गौतमले मंगलबार अधिकार माग्दै दलित संघर्ष समितिले गरेको प्रर्दशनमा प्रदर्शनकारीले प्रहरीमाथि टुंगा प्रहार गरेको बताउनु भएको छ । मंगलबार दलित संघर्ष समितिले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै संसदमा चर्को विरोध भएपछि सभामुख सुवास नेम्वाङले सरकारकोतर्फबाट गृहमन्त्रीलाई सो विषयमा जवाफ दिन निर्देशन दिनुभएको थियो ।

आज बसेको संसदको बैठकमा सो विषयमा जवाफ दिँदै गृहमन्त्री गौतमले मंगलबार भएको प्रदर्शनका प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको जवाफ संसदमा दिनु भएको छ ।
सो घटनाको छानविन गर्न छानविन समितिसमेत गठन भएको भन्दै गृहमन्त्रीले दोषी देखिएकामाथि कारवाही हुने बताउनु भयो । गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले शान्ति पुर्ण धर्नामा बसेका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै कारवाहीको माग गर्नुभयो ।

मंगलबार विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध दलित समुदायका नेता लगायतले दलितमैत्री संविधान जारी गर्न माग गर्दै गरेको प्रदर्शनमा प्रहरी झडप भएपछि करिब दुई दर्जन अधिकारकर्मी तथा दलित नेता घाइते भएका थिए ।

दलित अधिकार सङ्घर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बिजुलीबजारमा झडप भएको थियो। सभासद्हरुमा मानबहादुर विश्वकर्मा, जितु गौतम, दलजित सुनार तथा दलित अधिकार सङ्घर्ष समितिका संयोजक तथा पूर्वसभासद् विनोद पहाडी, अधिकारकर्मी कमला हेम्चुरी, सरु सुनार, गणेश विक, पद्म सुन्दासलगायत झडपमा परी घाइते भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी