साउन ,२० डोल्पा ।
जिल्ला कृर्षि बिकास कार्यालय डोल्पामा २७. ९ प्रतिशत खेती योग्य जमिन रहेको छ ।
फलफूल खेतीमा स्याउ , अनार ,नास्पाती ,ओखर खुर्पानी कागती र सुन्तला मुख्य रुपमा उत्पादन हुने गर्दछन । खेतीयोग्य जमिनको ३.९६ प्रतिशत मात्र सिचाइयोग्य जमिन रहेको छ ।
डोल्पाको जुफाल गाबिस,सु गाबिस नरकु गाबिस,कालिका , सर्मी गाबिसलाई स्याउ खेतीको पकेट क्षेत्रको रुपमा स्थापित रहेको जिल्ला कृर्षि बिकास कार्यालय डोल्पाका प्राबिधिक सहाय सम्पती बुढाले जानकारी दिनु भयो ।
हाल जिल्लामा कर्णाली अन्चल कृर्षि बिकास कार्यक्रम र स्याउ आत्मनिर्भर कार्यक्रम सन्चालनमा आएको छ । स्याउ आत्मनिर्भर कार्यक्रम सन्चालनमा अन्र्तगत गत आर्थिक बर्षमा कृषिकहरुको लागी स्याउको बिरुवा ढुवानी र खरदिको लागी ८लाख ४० हजार बजेमा ५० प्रतिशत कृर्षिकहरुको लागी अनुदान दिएको थियो ।
प्रत्येक बर्ष सरकारले यहाका कृषकहरुको लागी स्याउको बिरुवा ब्यवस्थापनको लागी प्रतिबोट १०० रुपैयाको दरले अनुदान दिदै आएको जिल्ला कृषि बिकास कार्यालय डोल्पाले जनाएको छ ।
डोल्पामा उत्पादन भएको स्याउ नेपालगन्ज , काडमान्डौ र पोखराका शहरहरुमा बिक्रि बितरण हुने गर्दछ ।