काठमाडौ २० साउन ।
मन्त्री परिषदको बैठकले सरकारको मुख्य सचिवमा सोमलाल सुवेदीलाई नियूक्त गर्ने निर्णय गरेको छ ।
आज बिहान सिंहदरबारमा बसेको परिषदको बैठकले सुवेदीलाई मुख्य सचिवमा नियूक्त गर्ने निर्णय गरेको हो ।
बर्तमान मुख्य सचिव लिलामणी पौडेलको तीनवर्षे कार्यकाल आगामी शुक्रबार सकिने भएपछि नयाँ मुख्य सचिवमा सुवेदीलाई नियूक्त गर्ने निर्णय गरेको हो ।
यस्तै पुनरनिर्माण प्राधिकारणको कार्यकारी अधिकृतका विषयमा भने टुङ्गो लाग्न बाँकी रहेको सामन्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिनु भयो ।
सत्तारुढ दलहरुवीच भागबण्डामा विवाद भएपछि प्राधिकरण गठन भएको लामो समय बितिसक्दा पनि कार्यकारी अधिकृत चयन हुन सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline