काठमाडौ २० साउन ।
मन्त्री परिषदको बैठक आज बस्दैछ । बिहान ८ बजे बस्ने बैठकले आगामी मुख्य सचिवको टुंगो लगाउने छ ।
मुख्यसचिव लीलामणि पौडेलको तीनवर्षे कार्यकाल आगामी शुक्रबार सकिने भएपछि नयाँ मुख्य सचिव नियुक्तीको तयारी भएको हो । आजको बैठक मुख्य सचिव नियुक्तिको एकल एजेन्डामा केन्द्रित हुने बताइएको छ ।
स्रोतका अनुसार सरकारका वरिष्ठतम सचिवहरू सोमलाल सुवेदी र जयमुकुन्द खनालमध्ये एक मुख्यसचिव बन्ने लगभग पक्का भइसकेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको जोड खनालमा भए पनि सुवेदी मुख्यसचिवका प्रमुख दाबेदार भएको सरकारका उच्च अधिकारीहरूले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline