दी पहाड ट्रष्ट नेपालद्धारा ताप्लेजुङका बाढिपहिरो पीडितलाई जीन्सी सहयोग

दी पहाड ट्रष्ट नेपालद्धारा ताप्लेजुङका बाढिपहिरो पीडितलाई जीन्सी सहयोग

  • मङ्लबार, साउन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

श्रावण १९ ताप्लेजुङ
ताप्लेजुङको पश्चिमी क्षेत्रमागत जेष्ठ २७गते रातीभारी वर्षाकाकारण आएको पहिरोमा परी ज्यानगुमाएकाका परिवार र विस्थापित परिवारलाई दी पहाड ट्रष्ट नेपालनामक गैह्रसरकारी संस्थाले जिन्सी सहयोग गरेको छ ।
ट्रष्टका जिल्लाप्रतिनिधी रितामादेन लिम्बू र च्याङ्मु शेर्पाको नेतृत्वमा सो जिन्सी सामाग्रीआजताप्लेजुङ नगरपालिका १ हान्द्रुङ बजारमापहिरोबाटविस्थापितर मृतककापरिवारलाई वितरण गरिएको हो ।
खाम्लुङ, लिङ्तेप, थिङ्लाबु र थूकिमागाविसकामृतक परिवारलाई कुकर, बाल्टीन र जग १, १ थान, स्टील थाल, ग्लास र बटुका ५ थान, डारु र पन्यू १ थानका दरले जम्मा ४५ परिवारलाई१ लाख ४६ हजार बराबरको जिन्सी सामानउपलब्ध गराईएको छ ।
पहिरोमा परी आफन्तगुमाएकाको परिवारलाई प्रतिमृतक४० हजारका दरले उपलब्ध गरेको बाहेक कुनै पनि राहत सहयोग गर्न नसकेकोनेपाल सरकार र जिल्लाविपदव्यवस्थापन समितिताप्लेजुङमौन रहे पनिविभिन्न राजनीतिकदल, गैह्रसरकारी संस्था र सामाजिक संघसंस्थाले भने आाट नमारीकन नै बाढिपहिरोबाट विस्थापित र मृतकका परिवारलाई सहयोग गरिरहेका छन् ।
दी पहाड ट्रष्टले गतअसार ४ गते पनि ८० हजार बराबरको ब्लाङ्केट लगायतकाजिन्सी सामाग्रीवितरण गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी