२ वर्षमा डोल्पालाई सडक सन्जालसंग जोड्ने सरकारी लक्ष्य पुरा नहुने संकेत

२ वर्षमा डोल्पालाई सडक सन्जालसंग जोड्ने सरकारी लक्ष्य पुरा नहुने संकेत

  • मङ्लबार, साउन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

 साउन १९ डोल्पा ।  
दुई वर्षमा डोल्पालाई सडक सन्जालसंग जोड्ने नेपाल सरकारको लक्ष्य भाषण्मा सिमित हुने भएको छ भने डोल्पालीको बषौवर्ष देखिको मोटर देख्ने आशा समेतमा तुषरापात भएको छ ।नेपाल सरकारले आ.ब २०७२।०७३को लागि ल्याएको नीति कार्यक्रम तथा बजेट बिनियोजनमा निमार्णधिन जाजरकोट डोल्पा सडकलाई कम प्राथमिकतामा पारेर कम बजेट बिनियोजन गरेपछि सरकारी लक्ष्य भाषणमा मात्र सिमित हुने भएको हो ।

हाल सम्म जाजरकोट—डोल्पा हुदै दुनै सदरमुकाम सम्मको कुल लम्बाई ११८ किलोमिटर रहेको उक्त सडकको जाजरकोट रुकुम हुदै डोल्पा सिमाना जोड्ने रुकुम जिल्लाको गोतामकोट गाबिसमा पर्ने मन्काबगर सम्मको १०० किलोमिटरको निमार्ण कार्य पुरा गरि सकिएको नेपाली सेनाले जनाएको छ ।नेपाली सेनाले आब ०६४।०६५ मा जाजरकोटमा मोटरबाटो पुर्याए लगत्तै जाजरकोट—डोल्पा सडकको शुरु बिन्दु मानिएको पासागाड—०किमि, मन्माई—३८किमि,तल्लुबगर—५८ किमि र रुकुम जिल्लाको गोतामकोट गाबिसमा पर्ने मन्काबगर—७३ किमि र डोल्पाको ल्हाँ गाबिसमा पर्ने खदाँग ८७ किमि गरि पाँच ठाउँमा निमार्ण बेस स्थान खडा गरि एकै साथ युद्दस्तरमा निमार्ण कार्यलाई अगाडी बढाउदै आएको छ ।जाजरकोट—डोल्पा सडकको शुरु बिन्दु मानिएको पासागाड हुदै डोल्पाको सिमाना जोड्ने रुकुम जिल्लाको मन्काबगर सम्मको १०० किलोमिटर सडकको निमार्ण गर्न हाल सम्म नेपाल सरकारको ६५ करोड रुपैया खर्च भएको जाजरकोट—डोल्पा सडक निमार्ण कार्यदलका प्रमुख इन्जिनियर बिश्वबन्धु पहाडीले बताउनु भयो ।

सडक सन्जालले हाल सम्म छुन नसकेको बिकट हिमाली जिल्ला डोल्पालाई सडक सन्जालसंग जोडि डोल्पाको सदरमुकाम दुनै सम्म यातायातका साधनहरु गुडाउनको लागि अझै २ देखि ३ वर्ष सम्म लाग्ने र जसको लागि जाजरकोट—डोल्पा सम्मको कुल ११८ किलोमिटर लम्बाई मध्ये हाल सम्म १०० किमि सडकको निमार्ण कार्य सम्पन्न भैसकेको छ भने १८ किमि सडक निमार्ण गर्न बाँकी रहेको नेपाली सेनाले जनाएको छ ।

डोल्पा सिमाना जोड्ने रुकुम जिल्लाको मन्काबगर खण्डको ७३ किमि सडकको ट्याकको ओपन कार्य पुरा भई हल्का सवारी साधन जीप टयाक्टर  औपचारिक रुपमा आउदो दशैमा संचालन हुने छन ।यस अघि जाजरकोट जिल्लाको भुभागमा पर्ने भगवती गाबिसको तल्लुबगरमा २०७१ फागुनमा यातायातका साधनहरु संचालनमा आईसकेका छन ।

जीप टयाक्टर लगायतका सवारी साधन संचालन पछि जाजरकोट जिल्लाका डाँडागाउँ,लहाँ,खगेनकोट,रग्दा,र भगवती गाबिसका स्थानीय बासिन्दा लगायत डोल्पालीहरुलाई समेत आवतजावतमा सहज भएको छ ।यस्तै दैनिक उपभोग्य बस्तु ओसारपसारमा सुबिधा भई जाजरकोट र डोल्पाको बजारभाउसमेत घटेको रुकुम र डोल्पा सिमानामा पर्ने त्रिबेणी का बासिन्दा डिल्ली बोहरा बताउँछन ।

जाजरकोटको भुभाग हुदै रुकुमको भुभागमा पर्ने डोल्पाको सिमानासंग जोडिएको गोतामकोट गाबिसको मन्काबगर सम्मको सडक खण्डको ट्याकओपन कार्य समेत पुरा भएपछि डोल्पा सिमानासंग जोडिएका मन्काबगर छिमि जाजरकोटको स्युना र डोल्पाकै कालिका र ल्हाँ गाबिसका बासिन्दालाई प्रत्यक्ष रुपमा सहज  भएको छ भने डोल्पाकै  सदरमुकाम दुनै देखि जाजरकोट सम्मको आवतजावतको दुरीमा समेत  कमि आएको छ ।यो भन्दा पहिले डोल्पाको सदरमुकाम दुनै देखि जाजरकोट जिल्लाको सदरमुकाम खलाँग पुग्न झण्डै चार दिनको पैदल यात्रा पार गर्नु पर्दथ्यो तर जाजरकोट हुदै रुकुमको मन्काबगर सम्मको डोल्पा जोड्ने सडक खण्ड निमार्णपछि भने एक दिनको सहजै पैदल यात्रापछि सवारी साधन मार्फत जाजरकोट पुगिने भएको छ ।

जाजरकोट—डोल्पा सडक निमार्णमा अहोरात्र खटिएको नेपाली सेनाले ०७३ सालको शुरुवातसंगै डोल्पा जिल्ला प्रबेश गर्ने योजनाका साथ सडक निमार्ण कार्यलाई तीब्रता दिइएको र आबश्यक बजेट बार्षिक रुपमा सरकारबाट ब्यवस्था गर्न सके सरकारकाले लिएको लक्ष्यअनुरुप २।३ वर्ष भित्र डोल्पाको दुनै सम्मको सडकको ट्याक ओपन कार्य सम्पन्न गर्न सकिने सडक निमार्ण कार्यदलका प्रमुख इन्जिनियर बिश्वबन्धु पहाडी बताउनु हुन्छ ।

प्रत्येक वर्ष सरकारले आफ्नो नीति कार्यक्रम तथा बजेट भाषणमा अबको २ वर्षमा डोल्पाको सदरमुकाम दुनै सम्म मोटरबाटो पुर्याइने बताउदै आउने तर सडक निमार्ण कार्यलागी बजेट बिनियोजन गर्दा डोल्पालाई उपेक्षा गर्दै न्यून बजेट बिनियोजन गर्ने गरेकाले सरकारको २।३ वर्षमा डोल्पाको सदरमुकाम दुनै सम्म मोटरबाटो पुर्याउने लक्ष्य भने पुरा हुने देखिदैन ।

जाजरकोट—डोल्पा सडकको कुल लम्बाई ११८ मध्ये १०० किमि सडकको निमार्ण कार्य सम्पन्न भइसकेको र बाँकी सडक निमार्णको भुभाग भौगोलिक बिकटता एबं कडाचट्टान युक्त भीरपहरा भएकोमा  बिगतको वर्ष झै यो वर्षको बजेट भाषणमा पनि डोल्पा सडक निमार्णका लागि न्यून बजेट १५ करोड मात्र बिनियोजन गरिएकाले समयमै सरकारको लक्ष्यअनुरुप डोल्पा सडकको निमार्ण कार्य सम्पन्न हुन नसक्ने नेपाली सेनाले जनाएको छ ।

छिमेकी जिल्ला जाजरकोट हुदै रुकुम जिल्लाको डोल्पा सिमानासंग जोडिएको जाजरकोट—डोल्पा सडक रेखाँकनमा पर्ने गोतामकोटको मन्काबगर सम्मको सडक खण्डको ट्याक ओपन कार्यमा नेपाली सेनाले देखाएको क्रियाशिलतासंगै डोल्पामा एक वर्षमा मोटबाटो पुग्ने आशामा रहेका डोल्पाली सरकारको आब २०७२।०७३ को बजेट भाषण संगै डोल्पा जाजरकोट सडक निमार्णमा बिनियोजन गरिएको बजेट अँक देख्दा आफ्नो आशामा तुषरापात भएको बताउँछन डोल्पा ल्हाँ गाबिसका लक्ष्मीकान्त उपाध्याय ।

डोल्पा सिमानासँगं जोडिएको रुकुमको मन्काबगरहुदै त्रिबेणी सम्मको सडक खण्ड छिटो भन्दा छिटो सम्पन्न गर्न दैनिक रुपमा जाजरकोट रुकुम र डोल्पाका एकहजार देखि पन्ध्रसयको संख्यामा मजदुरहरुलाई काममा संलग्न गराउदै आइरहेको र निमार्ण कार्यमा अधिकाँश भाग चट्टानयुक्त भीरपहरा रहेकोले सेनाले बिष्फोटन कार्यलाई प्रभावकारी बनाउदै भीरपहरहरुमा प्वाल खोपी बिष्फोटनका लागि बिभिन्न स्थानमा कम्प्रेसर मेसिनको प्रयोग पनि गरिरहेको सडक निमार्ण कार्यदलका प्रमुख इन्जिनियर बिश्वबन्धु पहाडीले बताए ।हाल सम्म सडक संन्जालसंग नजोडिएको डोल्पालाई छिटो भन्दा छिटो सडक सन्जालसंग जोड्न र आफ्नो लक्ष्य अनुरुप डोल्पा सदरमुकाम दुनै सम्म मोटरबाटो पुर्याउन सरकारले भाषणमा मात्रमा सिमित नभई सोही बमोजिम बार्षिक रुपमा आबश्यक बजेटको ब्यवस्था गर्नु पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी