सरकारले पर्याप्त रकम विनियोजन नगरेको सभासद्हरुको गुनासो

सरकारले पर्याप्त रकम विनियोजन नगरेको सभासद्हरुको गुनासो

  • मङ्लबार, साउन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ, १९ साउन ।

व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदले आ–आफ्ना निर्वाचन क्षेत्रका विकासका समस्या र त्यस निम्ति सरकारले पर्याप्त रकम विनियोजन नगरेको गुनासो गरेका छन् ।

उनीहरुले भूकम्प, बाढीपहिरोबाट पीडित भएकालाई राहत रकम वितरणमा भएको विलम्ब, प्राकृतिक विपत्तिबाट पालमा बसेकाहरूको कष्टकर जीवन र त्यहाँ फैलिएको झाडा, टाइफाइडलगायत रोगको निःशुल्क उपचारको व्यवस्था, काठमाडौँ उपत्यकाका भूकम्पबाट जोगिएका जीर्ण पुरातात्विक सम्पदाको संरक्षणका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

सत्ता साझेदार दल नेकपा एमाले सांसदले चालु आर्थिक वर्षको बजेटको विरोध गरेका छन् भने सत्तापक्षका विधायकले त्यसको समर्थन गरेका छन् ।

केही सांसदले बाजा बजाएर चीनबाट ल्याइएका जहाज थन्किएकामा चिन्ता व्यक्त गर्दै छानबिनको माग गरे भने केहीले भैँचालोपछिको पुनःनिर्माण एवम् नवनिर्माणका लागि पुनःनिर्माण प्राधिकरण गठन नभएकामा सरकारको आलोचना गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी