मृतकलाई सहिद र बेपत्ताको तत्काल छानबिन गरियोस : पिडित

मृतकलाई सहिद र बेपत्ताको तत्काल छानबिन गरियोस : पिडित

  • मङ्लबार, साउन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

कठमाण्डौ, १९ साउन ।

जनयुद्धकालमा मारिएकालाई सहिद घोषणा तथा बेपत्ताहरुको तत्काल छानबिन गर्न आफन्तहरुले माग गरेका छन् ।

काठमाण्डौ अनामनगरस्थित संवाद डबलीमा आयोजित “जनयुद्ध, शान्तिप्रकृया, प्रभावित आवाजहरु र आयामहरु” विषयक अन्तक्रियामा सहभागी पिडित परिवारका सदस्यले यस्तो बताएका हुन् । जनयुद्धपछि शान्ति प्रकया भएको लामो समय भईसक्दा पनि मृतक र बेपत्ताहरुबारे सरकार र सम्बन्धित निकाय मौन रहेको उनीहरुले आरोप लगाएका छन् ।

 

१० बर्षे जनयुद्धकालमा २ छोरा गुमाएकी कबिता बोगटीले न त छोराहरुको लास न त सरकारबाट आश नै पाईयो भन्दै दुखेसो पोख्नुभयो । मृतक तथा बेपत्ताहरुका लागी सरकारले बिभिन्न आयोग गठन गरेपनि पिडितलाई कुनै राहत नभएको बताउनुभयो । उहाँले आफुजस्ता पिडितहरुले कहिले राहत महशुस गर्ने भन्दै प्रश्न समेत गर्नुभयो ।

 

जवाफमा बेपत्ता छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आफुहरुले मृतक र बेपत्ताहरुको छानबिनका लागी अधिक प्रयास गरिरहेका बताउनुभयो । मल्लिकले मृतक र बेपत्ताहरुका लागी आयोगहरुले मात्र केही गर्न नसक्ने भन्दै सरकारले आवश्यक सहयोग नगरेको बताउनुभयो ।त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मृतक र बेपत्ताको छानबिनका लागी बिभिन्न संयन्त्र परिचालन गरिएको बताउनुभयो । उहाँले आफुहरुको मिशनमा आफन्त लगायत सम्पर्ण क्षेत्रले सहयोग गर्न आग्रह गर्नुभयो ।

 

त्यस्तै अन्य सहभागी नागरिककर्मि डा. सुन्दरमणी दिक्षित, अधिवक्ता एकराज भण्डारी लयायतले आयोग स्वतन्त्र रहेको तर बेपत्ता सम्बन्त्रि ऐन भएपनी नियमावली नभएकोमा असन्तुष्टि पोख्नुभएको थियो । कार्यक्रममा आयागले द्धन्दकालमा मारिएका र बेपत्ता भएका नेपालका ७३ जिल्लामध्ये २० जिल्लामा पिडितसंग भेटघाट, हालको राहतबारे धारणा लिनुका साथै साउनभित्र मृतक र बेपत्ताबारेको कार्यप्रगति सहितको प्रतिवेदन सरकारलाई बुझाउने जानकारी गराईएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी