काठमाडौ १९ साउन । व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ ।
नयाँवानेश्वर स्थित संविधान सभा भवनमा दिउँसो १ बजे पछि बस्ने बैठकमा आज बिनियोजन बिधेयकको विषयमा सैद्धान्तिक छलफल गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ ।
यसअघि हिजो बजेटमाथि छलफलका गर्न भन्दै बोलाएको संसद बैठक एकिकृत नेकपा माओवादीले बहिस्कार गरेका थिए ।
सरकारले ल्याएको बजेट विभेदकारी र असन्तुलित रहेको भन्दै प्रमुख प्रतिप्रक्षी दल एमाओवादीले बहिस्कार गरेपछि एजेन्डमा प्रवेश नगरी बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।
आजको बैठक पनि एमाओवादीले बस्किार गर्ने संकेत देखिएको छ । एकीकृत माओवादीसँग सरकारले कुनै छलफल नगरेका कारण आजको बैठकपनि चल्ने नचल्ने अनिश्चित रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline