काठमाडौ १९ साउन ।
आगामी साउन मसान्त सम्ममा संविधान जारी गर्ने तयारीमा रहेका दलहरु आज पनि बिहानै बाट छलफलमा जुटेका छन् ।
केही दिन यता निरन्तर छलफलमा रहेका दलहरुबीच संविधानको प्ररम्भिक मस्यौदामा नागरिकबाट प्राप्त सुझावलाई समेट्ने विषयमा छलफल भइरहेको छ ।
सिमांकनको विवाद टुङ्ग्याएर मात्र संविधान जारी गर्नुपर्ने नागरिकबाट सुझाव आएपछि दलहरुले आज पनि यस विषयमा छलफल जारी राखेका हुन् । विषेश समितिको बैठक सिंहदरबारमा जारी छ ।
यसअघि विवादित विषयमा हिजो दिनभर छलफल गरेपनि सहमति जुटाउन नसकेपछि आज पनि दलहरु बिहानैबाट छलफलमा जुटेका हुन् ।
संवैधानिक राजनितिक सम्वाद तथा सहमति समितिले नागरिकबाट प्राप्त सुझावलाई मस्यौदामा समेट्न नसकेपछि विशेष समिति मार्फत सहमतिको पहल सुरुभएको हो ।
शिर्ष नेतृत्व सम्मिलित विशेष समितिले सिमांकन, प्रादेशिक भाषा, नागरिकता, धर्म लगायतका महत्वपूर्ण विषयमा सहमति जुटाउने प्रयास गरिरहेका छन् ।
नेपाली कांग्रेस, एकिकृत नेकपा माओवादी र फोरम लोकतान्त्रिक सिमांकनको विवाद टुङ्ग्याएर मात्र संविधान जारी गर्नुपने अडानमा छ भने एमालेले सिमांकनको नाममा संविधान जारी गर्ने समयसीमा लम्ब्याउन नहुने बताउदै आएको छ ।