काठमाडौं।, १९ साउन ।
सर्लाहीमा भूकम्पले भत्काएको खानेपानी ट्यांकीको मर्मत नै नगरी पानी वितरणको तयारी गरिएको छ ।
सर्लाहीको हरिवन नगरपालिका–८ मा १७ वर्ष अघि निर्माण थालेर केही समय अघि मात्र सम्पन्न भएको खानेपानीको ओभरहेड ट्यांकी गएको वैशाख १२ गतेको बिनासकारी भूकम्पले जिर्ण बनेको हो
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सर्लाहीले भूकम्पले क्षतिग्रस्त बनाएको ट्यांकीको मर्मत नगरी पानी वितरणको लागि पाइप लाइन बिस्तारको काम अघि बढाएको छ ।
तीन लाख २० हजार लिटर क्षमताको ट्यांकीको बिम, पिल्लर, र्भयाङ लयातका संरचना भूकम्पले जताततै चर्किएका र भत्किएका छन् । ट्यांकी माथि जाने र्भयाङ कामै नलाग्ने गरी भत्किएको छ भने पिल्लर र बिम पनि जताततै चर्किएका छन् ।
चर्किएको बिम र पिल्लरको मर्मत नगरी ट्यांकी भरी पानी लोड गरिएको छ । आवश्यक बजेट नहुँदा जिर्ण ट्यांकी मर्मत गर्न नसकिएको खानेपानी कार्यालय सर्लाहीका प्रमुख विकास काफ्लेले बताउनुभयो ।
चार लाख ५० हजार लिटर क्षमताको ट्यांकी निर्माण गर्ने तयारी रहे पनि उपभोक्ता समिति र ठेकेदारको लापरवाहीका कारण ट्यांकी ३ लाख २० हजार लिटर क्षमताको बनेको छ ।
ट्यांकी निर्माणमा त्रुटी भएकाले क्षमता अनुसार ट्यांकी निर्माण नभएको खानेपानी कार्यालयका इन्जिनियर शिव शंकर रौनियारले बताउनुभयो