सामसामसुङको टिजेन पावर्डे स्मार्टफोन जेड १ सार्वजनिक

सामसामसुङको टिजेन पावर्डे स्मार्टफोन जेड १ सार्वजनिक

  • मङ्लबार, साउन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, १९ साउन ।

सामसुङ इलेक्ट्रोनिक्सले नेपालमा पहिलो पटक टिजेन पावर्ड स्मार्टफोन सामसुङ जेड १ सार्वजनिक गरेको छ । यो स्मार्टफोन पहिलो पटक स्मार्टफोन प्रयोग गर्ने प्रयोगकर्ताले पनि सजिलै चलाउन सक्ने सामसुङ इलेक्ट्रोनिक्सले जनाएको छ ।

लामो समयसम्म टिक्ने ब्याट्री रहेको सामसुङ जेड १ मा विभिन्न एप्लिकेसनमा सजिलै पहुँच पुग्ने खालको रहेको कम्पनीले जनाएको छ ।

सामसुङको यो नयाँ स्मार्टफोन नेपालका स्मार्टफोन प्रयोगकर्ताहरुका लागि बढी उपयोगी हुने सामसुङ नेपाल इलेक्ट्रोनिक्सका एचएचपी बिजनेस विभाग प्रमुख प्रणय रत्न स्थापितले बताउनुभयो ।

यो स्मार्टफोनमा १.२ गिगाहर्जको डुअल कोर प्रोशेसर, ७ सय ६८ एमबीर्को याम तथा ४ जिबीको इन्टर्नल मेमोरी छ ।

यस्तै ६४ जिबीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिने छ । दुई वटा सिम प्रयोग गर्न सकिने स्मार्टफोनको ब्याट्री लामो समयसम्म टिक्ने खालको छ ।

एकपटक पूर्ण चार्ज भएको ब्याट्रीबाट ७ घण्टासम्म भिडियो कल तथा ८ घण्टासम्म भ्वाइस कल गर्न सकिन्छ ।
७ हजार ४ सय ९० रुपैयाँ मुल्य पर्ने सामसुङ जेड १ सेतो, कालो तथा रातो रंगमा उपलब्ध हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी