उदयपुर, साउन १८गते ।
प्रधानमन्त्री सुशील कोइरालाले अहिले दलहरुलाई संविधान जारी गर्न उर्दी गरेका छन् । पूर्वाञ्चलको विकासका निम्ति यातायातको मेरुदण्डका रुपमा रहेको सप्तकोसी पुल उद्घाटन गर्दै विधिको शासन पद्धति स्थापित गरी राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउन शीघ्र लोकतान्त्रिक संविधान जारी गर्न सबै राजनीतिक दलहरुलाई उर्दी गरिरहेका छन् ।
नयाा बन्ने संविधानले महिला, जनजाति, दलित, आदिवासी, पिछडावर्ग, मुश्लिमलगायतको हकहित सुनिश्चित गर्ने स्पष्ट रहेको भन्दै प्रधानमन्त्री कोईरालाले संविधानको मस्यौदा च्यात्ने र सङर्घषमा उत्रने कामले मुलुकलाई अझै पछाडि धकेल्ने बताएका थिए ।
उक्त पुलले सामाजिक, आर्थिक र पर्यटकीय क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै सोमबार सप्तकोसी पुलको उद्घाटनपछि प्रधानमन्त्री कोइरालाले मुलुकको विकास निर्माणका लागि वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको समेत बताएका छन् ।
अशान्ति, अस्थिरता र अराजकताले देश विकासको गतिलाई अवरुद्ध पारेकामा सम्पूर्ण नेपाली जनता चिन्तित रहेको कोईरालाको भनाई छ । कृषि, पर्यटन र जलस्रोतको विकासबाटै मुलुक उन्नतिको दिशामा अघि बढ्न सक्ने बताएका छन् । ‘अब शान्ति, स्थायित्व र राष्ट्रिय एकताका निम्ति सम्पूर्ण नेपाली जनता र राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्छ ।’
कोईरालाले भने, ‘नेपालको पछिल्लो स्थितिबाट लगानीकर्ताहरु उत्साहित भएका र पर्याप्त लगानी गर्ने स्थिति बनेकाले शान्ति र स्थिरता खल्बलिने कुनै कार्य अब हामीले गर्नु हुादैन ।’
लोकतान्त्रिक परिपाटी दिगो भएपछि विकासले पनि गति लिन्छ । विकासलाई नै केन्ऽमा राखेर बनाइएको नयाा संविधान पनि चााडै आउने कोईरालाको दावी रहेको छ ।
पुल उदघाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले पूर्व क्षेत्रको धरान र मध्य क्षेत्रको हेटौंडा जोड्ने पुल संचालनमा आएपछि देशको आर्थिक वृद्धिमा समेत यसले सकारात्मक प्रभाव पार्ने बताए ।