धनगढी ।
क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय कैलालीले सुदुर पश्चिका ६ जिल्लाबाट विभिन्न खाद्य नमुनाहरु गुणस्तर परिक्षण गरेको छ ।
खाद्य ऐन अनुसार कैलाली, कञ्चनपुर, डोटी, अछाम, डडेल्धुरा र बाजुराबाट ३ सय ५१ खाद्य नमुना लिएर गुणस्तर परिक्षण गरेको हो ।
संकलित ३ सय ५१ खाद्य नमुनानहरु मध्ये ५३ वटा खाद्य नमुनाहरु गुणस्तर हिन पाईएको छ । प्रतिकुल खाद्य नमुनाहरुलाई खाद्य ऐन अनुसार कारवाहि गरिने क्षेत्रिय प्रमुख उपेन्द्र रायले बताए ।
उनले बाकी रहेका बैतडी, दार्चुला र बझाङमा जनशक्ति र बजेटको अभावले गुणस्तर परिक्षणको लागि कार्यलयले नमुना संकलन गर्न नसकेको बताए ।
खाद्य स्वच्छता नभएको सम्वन्धि कार्यलयले गत आर्थिक वर्षमा ५८ मुद्दा दायर गरेको कार्यलयले जनाएको छ ।
खाद्य पदार्थ, मैदाबाट बनेका परिकार, दुध तथा दुध जन्य पदार्थ, नुन, दालमोठ भुजिया, मिठाई, माछामा फर्मालिन, पानी, चिनी, सुजि, पिठो तथा दाना पदार्थहरुलाई नमुना लगरेर क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय कैलालीले गुणस्तरीयता परिक्षण गरेको थियो ।
साथै १५० खाद्य उद्योग १० दान उद्योग १५० होटल रेस्टुरेन्ट तथा मिठाई पसलहरुको निरीक्षण अनुगमन समेत गरेको कार्यलयले जानकारी दिएको छ ।