काठमाडौ १८ साउन । उद्योग मन्त्री महेश बस्नेतले आगामी दुई साताभित्र सबैको मन जित्ने संविधान जारी हुने दावी गर्नु भएको छ ।
शैक्षिक जनशक्ति विकास केन्द्रमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो दावी गर्नु भएके हो ।
संविधान निर्माण प्रक्रिया करिब अन्तिम चरणमा पुगेकाले अबको दुई साताभित्र दलहरुको सहमतिमा सीमाङ्कन सहितको संविधान जारी हुने उहाको भनाई छ ।
तराईको विषयलाई लिएर केही मधेसवादी नेता अराजक र उदण्ड रुपमा प्रस्तुत हँुदै आएको चर्चा गर्दै उहाँले तराई, पहाड र हिमाललाई एक बनाउने गरी सीमाङ्कन हुनुपर्ने धारण राख्नु भएको छ ।
कार्यक्रममा शिक्षा सचिव विश्वप्रकाश पण्डितले नेपालको शिक्षालाई परिमार्जन गर्दै रोजगारमूलक बनाउनुपर्ने बताउनु भयो । गाउँ गाउँसम्म प्राविधिक शिक्षाको पहुँच पु¥याउनुपर्नेमा उहाको जोड थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline