काठमाडौ १८ साउन ।
बजेटमाथिको छलफलका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले बहिस्कार गरेको छ ।
आफूहरुले बनाएको योजना बजेटमा समावेश नगरिएको तथा भूकम्पपछिको पुनर्निर्माणलाई उपेक्षा गरेको भन्दैै एमाओवादीले छलफल बहिस्कार गरेको हो ।
बजेटमा प्रमुख नेताहरुको निर्वाचन क्षेत्रका योजना मात्र समेटिएकाले छलफल बहिष्कार गरेको एमाओवादीले जनाएको छ । बजेटमाथि सैद्धान्तिक छलफलको लागि बोलाइएको बैठक एमाओवादीले बहिस्कार गरेपछि संसदको काम रोकिएको छ ।
यसअघि संसदमा सुरु भएको बजेटमाथिको सैद्धान्तिक छलफलमा सत्तपक्षकै सभासदहरुले पनि चर्को असन्तुष्टी व्यक्त गरेका थिए । सभासदहरुले बजेट प्रमुख नेताहरुको क्षेत्रमा मात्रै पारिएको आरोप लगाउदै बजेटमा भएका त्रुटी नसच्याएमा पास हुन नदिने चेतावनी दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline