पुनर्निर्माण प्राधिकरण तत्काल गठन गर्न संसदीय समितीको निर्देशन

पुनर्निर्माण प्राधिकरण तत्काल गठन गर्न संसदीय समितीको निर्देशन

  • सोमवार, साउन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ,१८ साउन ।

संसदको विकास समितिले पुनर्निर्माण प्राधिकरण तत्काल गठन गर्न निर्देशन दिएको छ । समितीले आज प्राधिकरण गठन गर्न भएको ढिलाइबारे सरकारी अधिकारीसंग छलफल गरेको छ ।

समितीको छलफलमा अर्थमन्त्री डा. रामशरण महत, वनमन्त्री महेश आचार्य र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेल उपस्थित हुनु भएको थियो ।

समितीले छलफलपछि बैशाख १२ गतेको विनासकारी भूकम्प पश्चात पुनर्निर्माण तथा पुनःस्थापनाका काम अपेक्षित रुपमा हुन नसकेको निष्कर्ष निकाल्दै पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि प्राधिकरण गठन गरेर काम थाल्न सरकारलाई निर्देशन दिएको छ ।

सरकारले दातृ निकायहरुको अन्तराष्ट्रिय सम्मेलन अघि हतारहतारमा प्राधिकरण गठनसम्वन्धी अध्यादेश ल्याएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी