काठमाण्डौ,१८ साउन ।
गृहमन्त्री बामदेव गौतमले हिन्दू धर्मलाई नेपालबाट कसैले पनि समाप्त पार्न नसक्ने बताउनु भएको छ ।
काठमाडौंको सुन्दरीजलमा बोलबम यात्रीहरुलाई सम्बोधन गर्दै गृहमन्त्री गौतमले ८० प्रतिशत नेपाली जनता आबद्ध रहेको हिन्दू धर्म नेपालको राष्ट्रिय धर्म भन्दै यसलाई कसैले समाप्त पार्न नसक्ने बताउनु भयो ।
उहाले हिन्दू धर्माबलम्बीहरु उत्तेजित हुन आबश्यक नरहेको भन्दै धर्मको आडमा हुने विकृति रोक्दै र सुधार गर्दै जानुपर्नेमा जोड दिनुभएको छ । मन्त्री गौतमले बोल बम धाम निर्माणका लागि सुन्दरीजलको ४२ रोपनी सार्वजनिक जग्गा भोगाधिकार दिने प्रतिबद्धता पनि जनाउनु भएको छ ।
यस्तै सो कार्यक्रममा बोल्दै मुक्तिनाथ बाबा कमलनयनार्चायले हिन्दूमाथि सबैतिरबाट आक्रमण हुँदा पनि हिन्दू धर्माबलम्बीको सुरक्षामा सरकारले चासो नदिइएको आरोप लगाउनु भयो । कार्यक्रममा एनआरएनका पूर्वअध्यक्ष उपेन्द्र महतोले हिन्दूत्वमाथि चौतर्फी आक्रमण भएको आरोप लगाउनु भएको छ ।