सीमांकनसहितको संविधान जारी हुने शिर्षनेताहरुको दाबी

सीमांकनसहितको संविधान जारी हुने शिर्षनेताहरुको दाबी

  • सोमवार, साउन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ,१८ साउन ।

प्रमुख दलका शीर्ष नेताहरुले सीमांकनसहितको संविधान साउन मसान्तभित्रै जारी हुने दाबी गरेका छन  । सिमांकनमा रहेका बिबादका बिषयमा छलफल गर्न सिंहदवारमा बसेको जतिसक्दो छिटो बिबाद सकेर संबिधान जारी गर्न लाग्नुपर्ने बताएका छन ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शिर्ष नेताहरुले १६ बुँदे सहमतिको आधारमा सीमांकनसहितको संविधान जारी हुने बताएका छन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सीमांकनका बिषयमा सकेसम्म आजै सहमति हुने भन्दै १६ बुँदे सहमतिकै आधारमा संविधान जारी गर्ने बताउनु भयो ।
यस्तै सम्बाद समितिका सभापति डा बाबुराम भट्टराईले बिबादका बिषयमा सहमती जुटाउन आफूहरु लागिपरेको बताउनु भयो । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले १६ बुँदे र जनताको भावनाअनुसारै संविधान जारी हुने दाबी गर्नुभयो ।

छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतका नेताहरु उपस्थिति हुनु भएको थियो ।  बैठक आजै पुनः बस्ने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी