संविधानमा सबैका हकहित सुनिश्चित हुन्छ : प्रम कोइराला

संविधानमा सबैका हकहित सुनिश्चित हुन्छ : प्रम कोइराला

  • सोमवार, साउन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, १८ साउन ।

प्रधानमन्त्री सुशील कोइरालाले नया संविधानमा सबैका हकहित सुनिश्चित हुने दाबी गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ३३  दलिय मोर्चाले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले संबिधानमा सबैका माग समिटिने भन्दै संविधान निर्माण कार्यमा अबरोध नगर्न आग्रह गर्नुभयो ।

उहाले सबै जातजाती, धर्म र भाषाभाषीको साझा संविधान साउन मसान्त्तभित्रै जारी गर्ने दाबी पनि गर्नुभएको छ । एक फरक प्रसंगमा बोल्दै प्रधानमन्त्री कोइरालालले नेपाली भूमिमाथि हुने हस्तक्षेप कुनै हालतमा स्वीकार्य नहुने बताउनु भयो ।

३३ दलिय मोर्चाले नेपालको क्षेत्रफल घट्ने गरी जारी हुने संविधान आफूहरुलाई मान्य नहुने भन्दै ज्ञापनपत्र बुझाएको हो । मोर्चाले राजनीतिक परिवर्तन नेपाली जनताको मर्म र भावनाको प्रतिनिधित्व हुन नसकेको भन्दै सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा गर्न माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी