प्लास्टिक झोला निषेध गर्ने अभियान पुनः सुरु

प्लास्टिक झोला निषेध गर्ने अभियान पुनः सुरु

  • सोमवार, साउन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, १८ साउन ।

वातावरण विभागले उपत्यकामा भूकम्पपछि रोकिएको प्लास्टिक झोला निषेध गर्ने अभियान फेरि सुरु गरेको छ ।

विभागका वातावरण निरीक्षकको समूहले हिजो बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा ९० किलो प्लास्टिक जफत गरिएको विभागले जनाएको छ ।

विशालनगर क्षेत्रका ५० वटा पसलबाट ३५ किलो, न्युरोड, असन क्षेत्रका २५ पसलबाट १५ किलो, मित्रपार्क, चाबहिल क्षेत्रका ३० पसलबाट ३५ किलो र माछापोखरी, बालाजु क्षेत्रबाट पाँच किलो प्लास्टिक झोला जफत गरिएको हो ।

संसद्को वातावरण संरक्षण समितिको ९ भदौ ०७१ को निर्देशनअनुसार १ वैशाखदेखि उपत्यकामा प्लास्टिक झोला निषेध अभियान चलाइएको थियो । भूकम्पपछि रोकिएको अनुगमन १४ साउनबाट फेरि सुरु गरिएको विभागका उपमहानिर्देशक सुरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी